वेस्टमिन्स्टर कलेज भ्रमणमा आए पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरू, विद्यार्थीहरूबाट प्राप्त प्रतिक्रियाहरू सङ्कलन

वेस्टमिन्स्टर कलेज भ्रमणमा आए पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरू, विद्यार्थीहरूबाट प्राप्त प्रतिक्रियाहरू सङ्कलन

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • images
    images
    वेस्टमिन्स्टर कलेज भ्रमणमा आए पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरू, विद्यार्थीहरूबाट प्राप्त प्रतिक्रियाहरू सङ्कलन

    काठमाडौँ / ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूले भ्रमण गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्वन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरूले भ्रमण गरेका हुन् ।

    images
    images

    वार्षिक रूपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रकृया अन्तर्गत प्रतिनिधिहरूले कलेजको शैक्षिक स्तरको समीक्षा गर्न सबै विभागका प्रमुख तथा विद्यार्थीहरूसँग छुट्टाछुट्टै छलफल तथा अन्तक्रिया गरि शैक्षिक शत्र सञ्चालन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गरे ।

    बिभिन्न चरणका छलफलहरूमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरू, भविष्यका योजनाहरू, बेलायत र नेपालका विद्यार्थीहरूबीच सम्वन्ध विस्तार, पाठ्यक्रमको प्रस्तुतिकरण, र मूल्याङ्कनहरू सहितका विषयहरू उठेको थियो । प्रतिनिधिहरूले विभाग प्रमुख तथा विद्यार्थीहरूबाट प्राप्त प्रतिक्रियाहरू पनि सङ्कलन गरेको छ ।

    वेस्टमिन्स्टर कलेजले वेस्टमिन्स्टर युनिभर्सिटीले निर्धारण गरेको शैक्षिक मापदण्ड तथा नियमहरू पालना गर्दै आएको छ । यसै सन्दर्भमा, प्रतिनिधिहरूले ‘प्रोग्रेशन एण्ड अवार्ड बोर्ड’ पनि सम्पन्न गरेको छ । 

    वेस्टमिन्स्टर युनिभर्सिटीका प्रतिनिधिहरूलाई कलेजमा फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कलेज प्रमुख अरूणलाल जोशीले भने, ‘वेस्टमिन्स्टर युनिभर्सिटीले हामीलाई गरेको निरन्तर सहयोग र उपलब्ध गराएको अमूल्य स्रोतहरूको लागि हामी हृदयदेखि नै आभारी छौं । साथै, आगामी वर्षहरूमा यो साझेदारीलाई अझ बलियो बनाउन र पारस्परिक वृद्धिलाई बढावा दिन हामी तत्पर छौं ।’

    वेस्टमिन्स्टर कलेजले न्यूनतम शुल्कमा चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्स विषयको पढाई सञ्चालन गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार