एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल, ग्रहण गरे सपथ

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल, ग्रहण गरे सपथ

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • images
    images
    एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल, ग्रहण गरे सपथ

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । 

    संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयानुसार मिलन सिग्देललाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम यस संस्थाको सञ्चालक समितिको २१४औँ बैठकले उनलाई सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ हो ।

    नव नियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेल समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । 

    उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार