images
images

सरकारको प्राथमिकतामा जलविद्युत : आगामी आर्थिक वर्ष  ९०० मेगावाट बिजुली थपिने प्रक्षेपण

सरकारको प्राथमिकतामा जलविद्युत : आगामी आर्थिक वर्ष  ९०० मेगावाट बिजुली थपिने प्रक्षेपण

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • सरकारको प्राथमिकतामा जलविद्युत : आगामी आर्थिक वर्ष  ९०० मेगावाट बिजुली थपिने प्रक्षेपण

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रसारणलाईनमा ९०० मेगावाट बिजुली थपिने प्रक्षेपण गरेको छ । 

    अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट भाषण गर्दै आगामी वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिने लक्ष्य सुनाएका हुन् ।

    यससँगै आगामी वर्ष नेपालको कूल जडित क्षमता ४ हजार मेगावाटभन्दा माथि पुग्ने छ । हाल नेपालको कूल जडित क्षमता साढे ३ हजार मेगावाट आसपास छ । 

    यस्तै प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्‍याउने, बंगलादेशमा बिजुली निर्यात, जलाशययुक्त बाँध र यी सबै योजनामा निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्ने नीति सरकारको छ ।

    यसका लागि बुढीगण्डकी, दुधकोसी र नलसिंगाढ जस्ता जलाशययुक्त आयोजनाको निर्माण सुरु गर्ने अर्थमन्त्रीको भनाई छ । वैदेशिक रोजगारीमा रहेका युवाको समेत लगानीमा दुई वटा आयोजनाको निर्माण अघि बढाउने उनको घोषण छ ।

    यस्तै जलविद्युतमा जनताको लगानी कार्यक्रम मातहत आयोजना अघि बढाउने, १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन सुरु गर्ने सरकारको घोषणा छ ।

    ऊर्जा उत्पादनलाई विविधीकरणलाई प्रोत्साहन गर्न निजी क्षेत्रको लगानीमा १०० मेगावाट सोलार परियोजना अघि बढाउने र हाइड्रोजनमा लगानी प्रोत्साहन गर्ने अर्थमन्त्रीको घोषणा छ ।

    लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन बढेर तीन हजार ६० मेगावाट पुग्यो

    अर्थमन्त्री पुनले विद्युत उत्पादन क्षमता बढेको बताएका छन्। लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन सात सय मेगावाटबाट बढेर तीन हजार ६० मेगावाट पुगेको उनले बताए।

    संघीय संसदको संयुक्त बैठकमा बोल्दै अर्थमन्त्री पुनले कुल गार्हस्थ उत्पादन लगायत सामाजिक तथा आर्थिक विकासमा देशले फड्को मारेको बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार