images
images

रुग्ण उद्योग चलाउन नयाँ रणनीति लिनुपर्छ : अर्थमन्त्री पुन

रुग्ण उद्योग चलाउन नयाँ रणनीति लिनुपर्छ : अर्थमन्त्री पुन

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • रुग्ण उद्योग चलाउन नयाँ रणनीति लिनुपर्छ : अर्थमन्त्री पुन

    काठमाडौँ / अर्थमन्त्री बर्षमान पुनले रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गर्न नयाँ रणनीति लिनुपर्ने बताएका छन् ।  बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहज रूपमा गर्न नसकिने बताउँदै नयाँ रणनीति लिने जानकारी दिएका हुन् । 

    images
    images
    images
    images

    रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति नभएको बताउँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सरकारले नयाँ रणनीति लिने उल्लेख गरे । अहिलेको अवस्थामा चलाउन नसक्ने भए पनि नयाँ रणनीति बनाएर भने चलाउन सकिने उनको भनाई छ ।

    सरकारले बन्द र रूग्ण अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग चलाउन यसअघिका बजेटमै व्यवस्था गरेर मोडालिटी तयार गरेको बताए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको देखिदैन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार