images
images

साफ वुमन्स च्याम्पियनसिप जित्ने नेपालको सपना अधुरै, बंगलादेश बन्यो विजेता

साफ वुमन्स च्याम्पियनसिप जित्ने नेपालको सपना अधुरै, बंगलादेश बन्यो विजेता

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • साफ वुमन्स च्याम्पियनसिप जित्ने नेपालको सपना अधुरै, बंगलादेश बन्यो विजेता
    images
    images

    काठमाडौँ / साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सीमित भयो । साफ वुमन्स च्याम्पियनसिपको उपाधिको नजिक पुगेर नेपाल पराजित बनेको छ । 
    घरेलु मैदानमा जारी साफ वुमन्स प्रतियोगिताको फाइनलमा चुक्दा नेपाल उपविजेतामा सीमित हुन पुगेको हो । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । सन् २०२२ मा पनि नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।

    बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो ।


    फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो । 

    खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार