images
images

सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ

सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ
    images
    images

    संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन् ।

    “सुडानका बालबालिकाको जीवन खतरामा रहेको जनाउदै कुपोषण, रोग र मृत्युबाट जोगाउन तत्काल कदम चाल्न आवश्यक छ,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन् । 

    सुडानका शासक अब्देल फत्ताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना उहाँका पूर्व सहायक मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच एक वर्षभन्दा बढी समय देखि द्वन्द्व चलिरहेको छ ।

    राष्ट्रसङ्घका विज्ञहरूका अनुसार द्वन्द्वले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ र यसका कारण पश्चिम डार्फर सहरमा १५ हजारको मृत्यु भएको  छ । 

    सहयोगसम्बन्धी सङ्घसंस्थाका अनुसार करिब ९० लाख मानिस विस्तापित भएका छन् भने  बाल कुपोषणको समस्याले देशको स्वास्थ्य क्षेत्रलाई आक्रान्त बनाइरहेको छ । 

    यसमा पौष्टिक खाना, सुरक्षित पिउने पानी र सरसफाइमा पहुँचको अभाव र रोगको बढ्दो जोखिम समावेश भएको उनीहरूले बताएका छन् । 

    सुडानले द्वन्द्व–प्रेरित अनिकालको बढ्दो जोखिमको सामना गरिरहेको छ र यसका कारण बालबालिकाहरूमा ज्यान गुमाउनेसहित विनाशकारी परिणामहरू निम्तिने उनीहरूको धारणा छ । 

    द्वन्द्वले मानवीय आपूर्तिको वितरणमा गम्भीर असर पारेको छ, अनगिन्ती महिला र बालबालिकाहरूलाई  खाना र पोषण सहयोगको पहुँचबाट वञ्चित पारेको छ  । 

    मध्य डार्फरमा, पाँच वर्ष मुनिका बालबालिकामा १५.६ प्रतिशत तीव्र कुपोषण हुने अनुमान गरिएको छ भने उत्तरी डार्फर राज्यमा विस्थापित मानिसहरूका लागि स्थापित शिविरमा यो ३० प्रतिशतको नजिक छ ।

    उनीहरूलाई आवश्यक मानवीय सहायता प्रदान गर्न तत्काल र सुरक्षित पहुँच चाहिने डब्लुएफपी प्रमुख सिन्डी म्याककेनले बताउनुभयो ।  

    लाखौँको जीवन खतरामा रहेकाले अन्तर्राष्ट्रिय समुदायले अब कार्य गर्नुपर्छ अन्यथा  बालबालिकाको सम्पूर्ण पुस्ता गुमाउने जोखिम रहेको उहाँले बताउनुभयो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार