एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः अडानी, कुल सम्पत्ति कति ?

एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः अडानी, कुल सम्पत्ति कति ?

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • images
    images
    एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः अडानी, कुल सम्पत्ति कति ?

    अदानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एशियाकै सर्वाधिक धनी बनेका छन् ।

    images
    images

    अडाणीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका हुन् । 

    ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार गौतम अडाणी विश्व धनाढ्यको सूचीमा ११ औं स्थानमा पुगेको छन् । 

    अडाणी ग्रुपको सेयरमूल्यमा आएको उछालका कारण उनको सम्पत्ति वृद्धि भएको हो । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भने सूचीको १२ औं स्थामा झरेका छन् ।  

    गौतम अडाणीको कुल सम्पत्ति यो वर्ष २६.८ बिलियन डलर बढेर १११ बिलियन डलस पुगेको छ । उता मुकेश अम्बानीको सम्पत्ति पनि १२.७ बिलियन डलर बढेर १०९ बिलियन डलर पुगेको छ ।  

    गौतम अडाणीका लागि सन् २०२३ खराब रह्यो । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डनबर्गले अडाणी ग्रुपले सेयरमा चलखेल गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अडाणीको सम्पत्तिमा तीव्र गिरावट आएको थियो । जसका कारण उनी विश्वको धनाढ्यको शीर्ष १० स्थानबाट ३० औं स्थानसम्म झरेका थिए ।  

    ब्लुमबर्गको रिपोर्टका अनुसार विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान भने फ्रान्सेली अरबपति बनार्ड अर्नल्र्डले ओगटेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार