images
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

    काठमाडौँ / काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा नघल टोल २८, काठमाडौँ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ । 

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग, ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो । 

    सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । सो व्याग वितरणले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्थ रहेको छ । 

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार