images
images

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी
    images
    images

    भारतीय केन्द्रीय बैङ्क ( आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

    भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६.५० प्रतिशतमा स्थिर रहने बताएको छ ।

    युरोपेली केन्द्रीय बैङ्कसहित दुई प्रमुख केन्द्रीय बैङ्कले सन् २०१९ पछि पहिलो पटक ब्याजदर कटौती गरेका छन् ।

    भारतमा मुद्रास्फीति सन् २०२२ को ७.८ प्रतिशतको उच्च बिन्दुबाट खुम्चिएको छ तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ ।

    भारतीय रिजर्भ बैङ्कका गभर्नर शक्तिकान्त दासले विशेषगरी खाद्य वस्तुको मूल्य वृद्धिका कारण हुने कुनै पनि जोखिमप्रति बैङ्क सचेत रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा चुनावमा पूर्ण बहुमत हाँसिल नगरेपछि सरकार सञ्चालनका लागि गठबन्धन साझेदारहरूमा निर्भर हुन बाध्य भएको केही दिनपछि यो निर्णय आएको हो ।

    विज्ञहरूका अनुसार यसले मोदीको अर्को प्रशासनलाई आफ्नो समर्थन आधार बढाउन र सहयोगीहरूलाई शान्त पार्न पपुलिस्ट खर्चको सहारा लिन बाध्य पार्न सक्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार