images
images

नेपाल प्रहरी र नेपाल बैंकबीच सम्झौता, छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने

नेपाल प्रहरी र नेपाल बैंकबीच सम्झौता, छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • नेपाल प्रहरी र नेपाल बैंकबीच सम्झौता, छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने

    काठमाडौँ / नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । नेपाल प्रहरी र नेपाल बैंकबीच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । 

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित  कार्यक्रमबीच नेपाल बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । 

    साथै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक प्रहरी वरिष्ठ उपरीक्षक ढकाललाई हस्तान्तरण गर्नुका साथै उनीहरूले सम्झौता(पत्र आदान प्रदानसमेत गरे ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौताको लागि नेपाल बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । 

    प्रहरी महानिरीक्षक कुँवरले सम्झौता दुई निकायको सम्बन्धमा कोसेढुंगाको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले नेपाल पुलिस स्कूलहरूमा अध्ययनरत बालबालिकालाई सवल र सक्षम बनाई देशको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने बताए । 

    यसबाट अहोरात्र खटिने प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप हौसला प्रदान गर्ने विचार उनले व्यक्त गरे । 

    उक्त अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताए । साथै उनले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे । 
      
    सम्झौताअनुसार छात्रवृत्ति प्रदान गर्नको लागि नेपाल बैंकले ३० लाख रूपैयाँ उपलब्ध गराई प्रहरी कल्याण कोषको नाममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुनेछ । खाता संचालन तथा व्यवस्थापन कल्याण महाशाखाले गर्नेछ । 

    अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल पुलिसका ९ वटा स्कुलहरूमा कक्षा ४ देखि १० सम्ममा अध्ययनरत विदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा र यस बमोजिमका सन्ततिहरू नभएमा अमर/शहिद/अशक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कूल १ जनाको दरले छात्रवृत्ति उपलव्ध गराइने लगायतका विषय सम्झौतापत्रमा उल्लेख गरिएको छ । 

    सम्झौता शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल बैंक लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार