राष्ट्र बैङ्कसँग नाडाको माग : लोन टु भ्यालु रेसियो सीमा बढाउनेदेखि अटोमोवाइल कम्पोनेन्ट उद्योग खोल्न प्रोत्साहन गर्नुपर्नेसम्म

राष्ट्र बैङ्कसँग नाडाको माग : लोन टु भ्यालु रेसियो सीमा बढाउनेदेखि अटोमोवाइल कम्पोनेन्ट उद्योग खोल्न प्रोत्साहन गर्नुपर्नेसम्म

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • images
    images
    राष्ट्र बैङ्कसँग नाडाको माग : लोन टु भ्यालु रेसियो सीमा बढाउनेदेखि अटोमोवाइल कम्पोनेन्ट उद्योग खोल्न प्रोत्साहन गर्नुपर्नेसम्म

    काठमाडौँ / नाडा अटोमोवाइल्स व्यवसायीहरूले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्षा लोन टु भ्यालु रेसियोको सीमा बढाउनुपर्ने माग गरेका छन् । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले गभर्नर अधिकारीसँग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गर्ने क्रममा यस्तो माग गरेको हो । 

    images
    images

    उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथि आउन आवश्यक रहेका नीतिहरूमा सुधार ल्याउन आग्रह गर्दै खासगरी लोन टु भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत पु-याउन आग्रह गरेको हो । 

    यस्तो व्यवस्था भएमा मात्र अटोमोवाइल व्यवसाय गतिशील हुने भएकोले यसलाई आउदो मौद्रिक नीतिबाटै सम्बोधन गर्न आग्रह गर्दै अध्यक्ष चौधरीले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्नेसमेत बताए । घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्नपर्नु उनको आग्रह छ । 

    यसैक्रममा चौधरीले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायिक महत्त्वका सवारी साधनहरूलाई छट्याउनु पर्ने भन्दै कालोसूचिमा परेका व्यक्ति वा कम्पनीमाथिको कारवाही ज्यादै फितलो भईरहेकाले यस सम्बन्धी नियमहरूलाई थप कडा र प्रभावकारी बनाउनुपर्ने बताए । 

    त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतिय मालवाहक ट्रक नेपालबाट फर्किदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरूको बिक्रीमा ठूलो असर परिरहेको बताउँदै नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगहरूको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरू खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने बताएका थिए । 

    महासचिव उप्रेतीले आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नाडाकोतर्फबाट निम्नानुसारको ६ बुँदे लिखित सुझावहरू प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नाडाबाट प्रस्तुत सुझावहरूका विषयमा प्रतिक्रिया दिदै गर्भनर अधिकारीले अटोमोवाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोवाइल व्यवसायलाई दिगो बनाउन, फाइनानसियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैङ्क लागिपर्ने बताए । 

    यसैक्रममा अधिकारीले अटोमोवाइल मार्केट कसरी चलिरहेको छ त्यसतर्फ विचार गर्नु पर्ने भन्दै व्यवसायलाई ठाउमा ल्याउन आफूले प्रयास गरिरहेको उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार