images
images

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा नेपाल प्रहरी अस्पताललाई २/२ वटा एम्बुलेन्स र शव वाहन हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा नेपाल प्रहरी अस्पताललाई २/२ वटा एम्बुलेन्स र शव वाहन हस्तान्तरण

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • राष्ट्रिय वाणिज्य बैङ्कद्वारा नेपाल प्रहरी अस्पताललाई २/२ वटा एम्बुलेन्स र शव वाहन हस्तान्तरण

    काठमाडौँ / राष्ट्रिय बाणिज्य बैङ्क लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images
    images

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैङ्कप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई सो सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरे । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए । 

    प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनले चर्चा गरे । प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार व्यक्त गरे । 

    नेपाल प्रहरीमा स्रोत र साधनको कमि ठूलो चुनौतीको रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्वास रहेको उनले बताए । कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले विगतमा बैङ्क र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने  विचार व्यक्त गरे । 
    कार्यक्रमले बैङ्क र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने उनले बताए । 

    उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय बाणिज्य बैङ्क लिमिटेडका उपकार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार