images
images

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्जमा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्र सूचीकृत भएको छ । 

    नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका रू ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ (२०८९०३) र रू १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएका हुन् ।

    एनपीडीबी०८०३२०८९ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशलमव ३९ प्रतिशत रहेको छ । २०८१ बैंशाख २० गतेसम्म निष्काशन भएका विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रको भुक्तानी मिति २०८९ बैशाख २० गते रहेको छ ।

    एनपीडीबी०६०५२०८७ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशमलव १७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते सम्म निष्काशन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रको भुक्तानी मिति २०८७ जेठ ७ गते रहेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार