चर्चित समाचार
  • आइएमइ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    आइएमइ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    सोमवार, जेठ २८ २०८१
    सोमवार, जेठ २८ २०८१
  • आइएमइ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाडौँको नक्सालस्थित आम्रपाली ब्याकेटमा सोमबारका दिन कम्पनीको साधारण सभा सम्पन्न भएको हो । 

    सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरू पारित गरेको छ । 

    लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को एनएफआरएसबमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धि अनुसूचिसहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसहमतिबाट पारित गरेको छ ।

    सभाले आ.व. २०८०/०८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम एसएआर एसोसिएट्सलाई वाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिकसमेत पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । 

    सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

    सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ ।

    बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुने भई हाल कायम कम्पनीको पुँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । 

    साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

    कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको १८०औँ बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरूबाट सञ्चालकहरूको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू अनुमोदन गरेको छ ।

    उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार