चर्चित समाचार
  • सिटिजन्स बैङ्क र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच सम्झौता, ग्राहकहरूलाई रिर्सोटमा १० प्रतिशतसम्म छुट

    सिटिजन्स बैङ्क र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच सम्झौता, ग्राहकहरूलाई रिर्सोटमा १० प्रतिशतसम्म छुट

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • सिटिजन्स बैङ्क र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच सम्झौता, ग्राहकहरूलाई रिर्सोटमा १० प्रतिशतसम्म छुट

    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच छुटसम्बन्धी समझदारी भएको छ । बैङ्कले मूलपानी, काठमाडौँस्थित उक्त रिसोर्टसँग बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको हो । 

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

    यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ । 

    बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १७ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 

    हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार