चर्चित समाचार
  • कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ८ सय ३२ पुग्यो, कुन जिल्लामा कति ?

    कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ८ सय ३२ पुग्यो, कुन जिल्लामा कति ?

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ८ सय ३२ पुग्यो, कुन जिल्लामा कति ?

    काठमाडौँ / कोशी प्रदेशमा सञ्चालनमा रहेको बैंक तथा वित्तीय संस्थाको शाखा संख्या एक हजार आठ सय ३२ पुगेको छ । 

    नेपाल राष्ट्र बैंकले गरेको उक्त प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार कोशी प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) को सञ्चालनमा रहेका कुल शाखा संख्या एक हजार आठ सय ३२  पुगेको हो । यो देशभरको कुल संख्याको १६.६ प्रतिशत हो । हाल देशभर ११ हजार पाँस सय ९४ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेको छ । 

    सञ्चालनमा रहेका शाखाहरू मध्ये वाणिज्य बैंकका सात सय ६१, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ र लघुवित्त वित्तीय संस्थाहरूको ८ हजार ७० शाखाहरू रहेका छन । 

    जिल्लागत आधारमा शाखाहरूको उपस्थिति हेर्दा सबै भन्दा बढी मोरङ्ग जिल्लामा ४ सय ५५ शाखाहरू र सबै भन्दा कम ताप्लेजुङ्ग जिल्लामा ३९ शाखाहरू रहेका छन् ।

    यस्तो छ जिल्लागत शाखाका संख्याहरू

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार