‘मधुपर्क सम्मान-२०८१’ प्रा गौतम, काँचुली र पहाडीलाई

‘मधुपर्क सम्मान-२०८१’ प्रा गौतम, काँचुली र पहाडीलाई

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • images
    images
    ‘मधुपर्क सम्मान-२०८१’ प्रा गौतम, काँचुली र पहाडीलाई

    काठमाडौँ / यस वर्षको ‘मधुपर्क सम्मान-२०८१’ प्रा कृष्ण गौतम (आख्यान र समालोचना) र मञ्जु काँचुली (पद्य) तथा  ‘मधुपर्क प्रतिभा सम्मान-२०८१’ साहित्यकार किशोर पहाडीलाई प्रदान गरिएको छ ।

    images
    images

    विसं २०५९ देखि दिन थालिएको ती सम्मान गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज समालोचक प्रा डा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो । 

    सम्मानित स्रष्टालाई सम्मानपत्र र जनही रु ५० हजार नगदसमेत प्रदान गरिएको छ । 

    कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा त्रिपाठीले ‘गोरखापत्र’ र ‘मधुपर्क’ ले नेपाली साहित्यमा ठुलो योगदान पुर्याएको बताउँदै पछिल्लो साहित्यिक पत्रिका आद्योपान्त पठनीय सामग्रीयुक्त भएको र यसले पाठकको स्तर पनि उकासेको बताए । 

    संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थाका प्रकाशन गुणस्तरीय बनाउने प्रयास गरिएको उल्लेख गर्दै तिनलाई ‘डिजिटल फर्म्याट’मा राखेर पाठकमैत्री बनाउन थालिएको जानकारी दिए । 

    महाप्रबन्धक लालबहादुर ऐरीले नेपाली साहित्यको मानक ‘मधुपर्क’ मा योगदान गर्ने सबै स्रष्टा तथा पाठकप्रति सम्मान प्रकट गरे ।

    साहित्यकार प्रमोद प्रधानले पुरस्कृत साहित्यकारको परिचय दिँदै पत्रिकाले नेपाली भाषा(साहित्यको प्रवर्द्धन गर्न, वाङ्मयको विकास गर्न र नेपाली साहित्यकारहरू जन्माउन योगदान दिएको बताए । 

    संस्थानको साहित्यिक पत्रिका ‘मधुपर्क’ का निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले साहित्यिक कृतिहरूको धेरै खर्च गरेर विमोचन गर्नाका सट्टा साहित्यिक पत्रिकाहरूमा विज्ञापन दिएर प्रचारप्रसार गर्न साहित्यकारहरूलाई आग्रह गरे । 

    कार्यक्रमको दोस्रो चरणमा ‘मधुपर्क मन्थन’ अन्तर्गत स्रष्टा-द्रष्टा प्रा डा दयाराम श्रेष्ठ र सीता पाण्डे (आख्यान) र प्रा डा लक्ष्मणप्रसाद गौतम र श्यामल (पद्य)ले सहभागीहरूसँग छलफल गरेका थिए।

    सो अवसरमा प्रा डा श्रेष्ठले आख्यान खासगरी नेपाली कथा लेखनलाई रातो, निलो, पहेँलो आदि रङका माध्यमबाट विश्लेषण गरे। कथाकार पाण्डेले विदेशमा बसेर पनि आफूहरूले नेपाल र नेपाली साहित्यमै चिन्तन गरिरहेको जनाए । 

    त्यस्तै प्रा डा गौतमले नेपाली कविताले समय, समाज र मान्छेबारे बोले पनि त्यसको शाश्वतीकरण भने हुन नसकेको विचार राखे। कवि श्यामलले आजकलका नेपाली समालोचक एक सय १३ शब्दमै रुमल्लिएको र परम्परावादी मात्र भएको धारणा राखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार