महिला जननाङ्ग विकृति (एफजीएम) सम्बन्धी विश्वव्यापी कारबाही आवश्यकः राष्ट्र सङ्घ

महिला जननाङ्ग विकृति (एफजीएम) सम्बन्धी विश्वव्यापी कारबाही आवश्यकः राष्ट्र सङ्घ

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    महिला जननाङ्ग विकृति (एफजीएम) सम्बन्धी विश्वव्यापी कारबाही आवश्यकः राष्ट्र सङ्घ

    महिला जननाङ्ग विकृति (एफजीएम) प्रक्रियाका लागि युवतीहरुलाई उनीहरुको परिवारले अन्य देशहरुमा लैजाने क्रम बढ्दो भएपछि यस  विरुद्धको लडाइँ कमजोर भइरहेको  संयुक्त राष्ट्र सङ्घले शुक्रबार चेतावनी दिएको छ ।

    images
    images

    यसले सीमापार र अन्तरदेशीय एफजीएमको समस्या समाधान गर्न ठोस विश्वव्यापी कारबाही आवश्यक रहेको बताएको छ ।

    धेरै देशहरूले एफजीएम उन्मूलन गर्ने प्रयासहरू बढाएको छ ।  यो अभ्यास विश्वभर जारी रहे पनि केही क्षेत्रका मानिसहरुले युवतीहरूलाई गोप्य रुपमा विदेश लगेर यो प्रक्रिया गराउने अभ्यासका कारण यस्तो अवस्था आएको संयुक्त राष्ट्र मानव अधिकार कार्यालयबाट जारी प्रतिवेदनले जनाएको छ ।  

    विशेष गरी युरोप र उत्तरी अमेरिकाका परिवारहरूले आफ्ना छोरीहरूलाई स्कूल बिदाको समयमा एफजीएम गर्न आफ्नो मूल समुदायमा लैजाने गरेको कार्यालयले जनाएको छ । 

    अफ्रिकाका अधिकांश देशहरूले यस अभ्यासलाई अपराधीकरण गरेको भएतापनि केही देशहरूले 'अन्तरदेशीय एफजीएम हबहरू' को रूपमा सेवा गरेको प्रतिवेदनले जनाएको छ ।

    महिला जननाङ्ग विकृति लैङ्गिक हिंसाको हिस्सा भएको जनाउदै मानव अधिकारको सम्मान गर्ने ब्रह्माण्डमा यसको कुनै स्थान नभएको संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले  विज्ञप्तिमा जनाउनुभयो ।  

    राष्ट्रसङ्घींय बाल एजेन्सी (युनिसेफ)ले एफजीएमलाई “महिलाको बाह्य अङ्गहरु गैर–चिकित्सा कारणले आंशिक वा पूर्ण रूपमा हटाउने“ भनेर परिभाषित गरेको छ ।
    यसले सङ्क्रमण, रक्तस्राव, बाझोपन र प्रसवमा हुने जटिलताहरूसहित गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने युनिसेफले जनाएको छ । 

    राष्ट्रसङुघकोे यौन र प्रजनन स्वास्थ्य एजेन्सी (युएनएफपिए) का अनुसार आज जीवित २०  करोडभन्दा बढी बालिका र महिलाहरूको एफजीएम भइसकेको छ ।
    “यदि यो अभ्यास हालको गतिमा जारी रह्यो भने सन् २०१५ देखि २०३०को बीचमा अनुमानित ६८ मिलियन केटीहरूको एफजीएमको सिकार हुने  प्रतिवेदनमा उल्लेख  गरिएको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार