एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति, शिर्ष १० मा को–को छन् ?

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति, शिर्ष १० मा को–को छन् ?

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति, शिर्ष १० मा को–को छन् ?

    एलन मस्कले पुनः विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको ताज गुमाएका छन् । यो संगै इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टेस्ला र रकेट कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कलाई पछि पार्दै अमेजोनका संस्थापक जेफ बेजोस फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

    images
    images

    ब्लूमबर्गले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा बेजोस शीर्षमा उक्लिएका हुन् ।एलन मस्क सूचीको दोस्रो स्थानमा झरेका छन्। ब्लुमबर्ग बिलिनियेर इन्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा मस्कको सम्पत्ति ३।१९ अर्ब डलरले घटेको छ। उनको कुल सम्पत्ति घटेर २०३ अर्ब डलरमा झरेको छ।

    टेस्लाको शेयरमा २.४४ प्रतिशतले गिरावट आएपछि मस्कले ब्लूमबर्ग बिलिनियर्स इन्डेक्समा सबैभन्दा धनी व्यक्तिको स्थान गुमाएको ब्लूमबर्गले जनाएको छ। सन् २०२१ यता ब्लूमबर्गको सर्वाधिक धनी व्यक्ति रहेका मस्क अहिले एक स्थान तल झरेका हुन् । 

    एक  वर्षअघि मात्र उनको कुल सम्पत्ति १९८ बिलियन डलर थियो । विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको कुल सम्पत्ति भने २०६ बिलियन डलर पुगेको छ ।

    विश्वका १० सर्वाधिक धनीमध्ये नौ जना त अमेरिकाका मात्रै छन् । तेस्रो स्थानमा रहेका फ्रान्सका व्यापारी बर्नाड अरनालको कुल  सम्पति १९८ बिलियन डलर  छ ।चौथोमा फेसबुकका  संस्थापक मार्क जुकरबर्गको कुल सम्पति १७९ बिलियन डलर छ । पाँचौंमा ल्यारी पेजको कुल सम्पति १५७ बिलियन डलर छ । बिल गेट्स १५५बिलियन डलरसहित यो सूचीमा छैटौं स्थानमा छन् । 

    स्टिभ बाल्मर १५३ बिलियन डलरसहित यो सूचीमा सातौं स्थानमा छन् । ल्यारी एलिसन १२९ बिलियन डलरसहित आठौं,सेर्गे ब्रिन १४७ बिलियन डलरसहित नौं र अमेरिकाका अर्का लगानीकर्ता वारेन बफेट १३४ बिलियन डलरसहित दशौं स्थानमा छन् ।शिर्ष १० स्थानमा रहेका मध्ये  अधिकांशले प्रविधि कम्पनीको प्रतिनिधित्व गरेको देखिएको छ ।

    विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा एशियाबाट भारतीय व्यापारी मुकेश अम्बानी शीर्षमा छन् । उनी १३ औं स्थानमा रहँदा भारतकै अर्का व्यापारी गौतम अदानी भने १४ औं स्थानमा छन् । 

    अम्बानीको कुल सम्पत्ति ११३ बिलियन डलर छ ।सोमबार मात्रै उनको नेटवर्थ ६८५मिलियन डलरले बढेको छ । यस वर्ष उनको कुल सम्पत्ति १६.२ बिलियन डलरले बढेको छ ।

    अदानी समूहका अध्यक्ष गौतम अदानीको कुल सम्पत्ति भने १०७ बिलियन डलर छ । यो वर्ष उनको कुल सम्पत्ति २२.३ बिलियन डलरले बढेको छ । 

    हेर्नुस सूचीस्

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार