कर्णाली प्रदेशका मुख्यमन्त्रीको आतिथ्यतामा मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिक उत्सव समारोह सम्पन्न

कर्णाली प्रदेशका मुख्यमन्त्रीको आतिथ्यतामा मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिक उत्सव समारोह सम्पन्न

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    कर्णाली प्रदेशका मुख्यमन्त्रीको आतिथ्यतामा मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिक उत्सव समारोह सम्पन्न

    काठमाडौँ / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रुब कुमार गौतमज्यूको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

    images
    images

    माननीय मुख्यमन्त्री, उपकुलपति र सेवा आयोगका अध्यक्षद्वारा केन्द्रीय प्रशासनिक भवन परिसरमा वृक्षारोपण गरी समारोहको सुरुवात गरिएको थियो ।

    वृक्षारोपण कार्यक्रम लगत्तै विश्वविद्यालयको सभाहलमा आयोजित वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि एवं माननीय मुख्यमन्त्री कडेलज्यूले मध्यपश्चिम विश्वविद्यालयको १४औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

    उनले मध्यपश्चिम विश्वविद्यालयको स्थापनाको मूल मर्म समग्र कर्णाली प्रदेशको विकास र उन्नयन  रहेको र सोहि अनुरुप विश्वविद्यालयले आफ्नो भूमिका निर्वाह बहन गर्न सके कर्णाली प्रदेशको अवस्था परिवर्तन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको थियो । 

    उनले मध्यपश्चिम विश्वविद्यालय लगायत कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा कर्णाली प्रदेश सरकारको तर्फ बाट आवश्यक सहयोग र सहकार्यका लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन भएको समेत जानकारी गराएका थिए । 

    उनले विश्वविद्यालयलाई मैनवत्ती र ऐनाको रुपमा बिम्बित गर्दै विश्वविद्यालय समाज सुधारको प्रमुख अंग रहेको र सम्बन्धित सबैले सामुहिक जिम्मेवारीका साथ कर्णालीको विकासमा लाग्नु पर्नेमा जोड दिएका थिए । 

    कार्यक्रममा उपकुलपति प्रा.डा. गौतमज्यूले विश्वविद्यालय स्थापना र सो पश्चात विश्वविद्यालयको विकासमा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु र आज सम्मको नेतृत्वलाई स्मरण गर्दै हार्दिक आभार व्यक्त गरेका थिए । 

    मध्यपश्चिम विश्वविद्यालयलाई एक उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित गर्नु नै आफ्नो कार्ययोजनाको मूल मर्म रहेको र सरोकारवाला सम्पूर्णलाइ यस कार्यमा साथ सहयोगका लागि आह्वान समेत गरेका थिए । 

    कार्यक्रमको समापनमा बोल्नु हुदै उहाँले विश्वविद्यालय प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकारवाला सबैको साझा थलो भएको र सहकार्यका माध्यमबाट विश्वविद्यालय अगाडी बढ्ने कुराको जानकारी दिएक थिए । 

    उनले कर्णाली प्रदेश र कर्णाली बासीको गौरवको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालय स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार लगायत विकास साझेदार, निजी संस्था सबै संग सहकार्य गर्दै अगाडी बढ्ने कुरा उल्लेख गरेका थिए । 

    स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यूले स्वागत मन्तव्य तथा विश्वविद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    त्यसै गरी कार्यक्रममा सर्वोत्कृष्ट प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारी र विद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम बीच मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

    समारोहमा विश्वविद्यालयका पदाधिकारी, पुर्व-पदाधिकारी, जनप्रतिनिधि, प्राध्यापक, सुरक्षा निकायका अधिकारी, कर्मचारी, विद्यार्थी, चन्दादाता, अभिभावक, पत्रकार लगायत शिक्षाप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो । 

    कार्यक्रमको संचालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. चन्द्र प्रसाद रिजालज्यूले गर्नु भएको थियो भने कार्यक्रमको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार