images
images

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग गर्‍यो सम्झौता

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग गर्‍यो सम्झौता

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग गर्‍यो सम्झौता

    काठमाडौँ / सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसन बीच सम्झौता भएको छ । 

    images
    images
    images
    images

    जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो । कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा एकसाथ हस्ताक्षर गरेका थिए । 

    सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

    सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थित कलेजमा प्लस टु अध्ययन गरेका र जापानिज भाषाको एनफोर उत्तिर्ण गरेका विद्यार्थीले जापानमा स्वतः रोजगारी पाउने छन् । 

    सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट प्लस टु,  होटेल म्यानेजमेन्ट, डिप्लोमा इन हस्पिटालिटि र जापानी भाषाको पनि पढाइ हुने गरेको कलेजका प्रमुख समिर ढकालले जानकारी दिए ।

    यस कलेजका धेरै विद्यार्थीहरू विदेश तथा स्वदेशका विभिन्न पाँच तारे होटलमा  तथा रिसोर्टमा कार्यरत रहेको ढकालले जानकारी दिए । कलेजमा अध्ययनरत उत्कृस्ट विद्यार्थीका लागि रोजगारको निम्ति कलेजले नै पहल गर्ने गरेको छ,’ उनले भने ।

    ढकालका अनुसार विभिन्न मुलुकमा गरेर ५० जना विद्यार्थीहरू आकर्षक तलब तथा सेवासुविधासहित विदेशमा कार्यरत छन् । दुबई, कतार, बहराईन, मलेशिया र कुवेत लगायतका मुलुकमा काम गर्न विद्यार्थी गएका छन् ।

    पछिल्लो समय होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले वर्षेनी कलेजमा भर्ना हुनेको संख्या बढ्दै गएको ढकालले बताए ।

    नेपालमा हाल विभिन्न कलेजले होटेल व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ । सिपमूलक शिक्षा भएकाले यस विषयमा विद्यार्थीको आकर्षण बढेको मान्न सकिन्छ । 

    साथै विदेशमा समेत आकर्षक अवसर रहेकाले पनि विद्यार्थीहरूको रोजाइमा होटल व्यवस्थापन विषय पर्ने गरेको छ । 

    होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्न सक्ने कलेज सञ्चालक ढकाल बताउँछन् । 

    उनी  भन्छन्,  होटल व्यवस्थापन सिपमूलक शिक्षा भएकाले उत्पादित जनशक्तिहरू रोजगारीमा मात्र नभएर रोजगार दाता तथा उद्यमशील बन्छन्।’ 

    सिन्धुलीमा कलेज खुलेको सात वर्ष भइसकेको छ । सिन्धुलीको रातमाटामा उक्त कलेज रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार