images
images

‘व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर तिर्नू’

‘व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर तिर्नू’

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • ‘व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर तिर्नू’

    काठमाडौँ / बागमती प्रदेश सरकारले स्थानीय तहलाई व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर लिन आग्रह गरेको छ । 

    images
    images
    images
    images

    आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमार रिमालले व्यवसायीले टिकट वा अन्य माध्यमबाट आम्दानी गरेको भए त्यसको आधारमा मनोरञ्जन कर तिर्नुपर्ने बताए ।

    ‘व्यवसायीले आफ्ना ग्राहकलाई टिकटको माध्यमबाट मनोरञ्जन प्रदान गरिरहेकाले सोही मूल्यको केही प्रतिशत प्रदेश सरकारलाई मनोरञ्जन कर बुझाउनुपर्छ,’ उनले भने,’ स्थानीय तहले पुरानो आर्थिक नियमावलीको आधारमा उठाएकाले सोही अनुसार लिएको हुन सक्छ । आगामी वर्षदेखि नयाँ दरमा मनोरञ्जन कर तिर्नुपर्छ । करको दर परिमार्जन गरिएको छ ।‘

    व्यवसायीले स्वेच्छाले तोकेको टिकट मूल्य अनुसार त्यसको पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने रिमालले उल्लेख गरे । प्रदेश सरकारले व्यवसायीलाई टिकटको मूल्य यति हुने भनेर बाध्यकारी नीति लागू नगरिएको उनले प्रस्ट पारे ।

    बिलमा तोकेको मूल्य भएमा सोही अनुसार मनोरञ्जन कर दाखिला गर्नुपर्ने रिमालको भनाइ छ । ‘आर्थिक ऐनले करको दरभाउ व्यवस्था गरिसकेको छ,’ उनी भन्छन् ।

    आगामी वर्षदेखि मनोरञ्जन करको दरभाउ तोकिसकेको उनले बताए । मनोरञ्जन करमा प्रतिशतको कारणले समस्या देखिएकाले व्यवसायको प्रकृति अनुसार वार्षिक रुपमा एकमुष्ट करको भाउ तोकिएको रिमालले जानकारी दिए ।

    व्यवसायीलाई मनोरञ्जन करमा पाँच प्रतिशतले मर्का परेकाले निश्चित मूल्यसहितको दरभाउ तोकिएको उनले जानकारी दिए । बर्षभरी कारोबार गरेको आधारमा कर तिर्ने वा टिकटको मूल्यको आधारमा कर तिर्ने भनेर व्यवसायीलाई संकट उत्पन्न आएकाले यस वर्ष देखी परिमार्जन गरेको उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार