अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु, २२ घाइते

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु, २२ घाइते

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • images
    images
    अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु, २२ घाइते

    मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    images
    images

    एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाउनु भएको छ । 

    यसै गरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो । शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए । 

    आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।

    राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलबार सङघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वान गरे ।
    गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।

    ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए । 
     
    इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङख्या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२  जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

     उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार