कृषि बिमाका लागि ९७ करोड रुपैयाँ स्वीकृत हुने प्रक्रियामा छ, ४८ करोड मैले नै भुक्तानी गराएकी हुँ  : मन्त्री साह

कृषि बिमाका लागि ९७ करोड रुपैयाँ स्वीकृत हुने प्रक्रियामा छ, ४८ करोड मैले नै भुक्तानी गराएकी हुँ  : मन्त्री साह

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    कृषि बिमाका लागि ९७ करोड रुपैयाँ स्वीकृत हुने प्रक्रियामा छ, ४८ करोड मैले नै भुक्तानी गराएकी हुँ  : मन्त्री साह

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि ९७ करोड रुपैयाँ स्वीकृत हुने प्रकृयामा रहेको बताएकी छन् । नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१ः२०१५ को लोकार्पण कार्यक्रममा उनले कृषि बिमा कम्पनीलाई ९७ करोड रुपैयाँ भुक्तानीका लागि स्वीकृत हुने बताएकी हुन् । 

    सरकारले कृषि तथा पशुको बिमामा अनुदान दिँदै आएको छ । सोका लागि चालु आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने रकम ३ अर्बमध्ये १ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।बिमा कम्पनी बन्द हुने अवस्थामा रहेको भए पनि हाल सञ्चालनमा आएको उनले बताइन् । 

    “अनुदान बापत सरकारले ३ अर्ब रकम दिन बाँकी थियो, १ अर्ब ४५ करोड पाइसकेको छ । ९७ अर्ब स्वीकृत हुने अवस्थामा छ । ४८ करोड रुपैयाँ रकम मैले नै भुक्तानी गराएकी हुँ,” उनले भनिन् । 

    मन्त्री साहले पशु वा कृषि बिमाबारे आम नागरिकलाई जानकारी नरहेको बताएकी छन् । सोबारे सचेतना फैलाउनुपर्ने उनको भनाइ छ । मन्त्री साहले स्थानीय तहसम्म किसानको पहुँच पुग्न नसकेको बताइन् । 

    उनले भनिन्, “कृषि तथा पशुको बिमा हुन्छ, कतिपयलाई थाहा नै छैन यसबारे सचेतना फैलाउन जरुरी छ । लम्पी स्किन रोगका समयमा हामीले किसानलाई मलम लगाउन सकेनौँ, बीमामा किसानको प्रत्यक्ष पहुँच हुन सकेको छ वा छैन त्यसबारे अनुगमन गर्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार