काठमाडौँ / किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि एक हुने भएका छन् ।
यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी एक भएर अघि बढ्न लागेका हुन् । दुई कम्पनी एक भई मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गर्न लागेका हुन् ।
एक भएपछिको कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहा–४, मा रहने छ भने कर्पोरेट कार्यालय काठमाडौंको बुढानिलकण्ठ–८, मा रहने छ ।
डाटा माइग्रेसन कार्यका लागि दुवै कम्पनीको सम्पूर्ण कारोबार असार २६ गते बन्द हुने जानकारी कम्पनीहरूले दिएका छन् ।