आयोगद्वारा नागढुङ्गा सुरुङमार्ग अनुगमन, कहिले सकिन्छ निर्माण कार्य ?

आयोगद्वारा नागढुङ्गा सुरुङमार्ग अनुगमन, कहिले सकिन्छ निर्माण कार्य ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    आयोगद्वारा नागढुङ्गा सुरुङमार्ग अनुगमन, कहिले सकिन्छ निर्माण कार्य ?

    काठमाडौँ / राष्ट्रिय योजना आयोगले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको हो ।

    टोलीले आयोजनाको प्रगति, समस्या लगायतका विषयमा जानकारी लिएको छ । अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुयाललाई बिफ्रिङ गर्दै आयोजना निर्देशक रमेश कोइरालाले भौतिक प्रगति ७६ प्रतिशत भन्दा बढी र वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए । 

    आयोजनाका लागि पछिल्लो समय १८ महिना थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने उनले जानकारी दिए । 

    यद्यपि, अनुगमनका क्रममा केही समस्याहरू भने देखिएको उनको भनाइ छ । आयोगका सदस्य डा. फुयालका अनुसार केही कित्ताहरूको मुआब्जा बिवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने केही चुनौतीहरू रहेका छन् । 

    “एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ,” अनुगमन टोलीका संयोजक डा. फुयालले भने, “अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।”

    Surungmarga.jpg

    माथि देखिएका समस्याहरू कसरी समाधान गर्ने भन्ने विषयमा आयोजनाले सोच्नु पर्ने उनले बताए । माथिका समस्याहरू समाधान गर्न सकिने सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उनको निष्कर्ष छ ।

    अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरूसमेत सहभागी रहेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार