लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’को विजेता घोषणा,  विजेता बने योगेश स्माली

लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’को विजेता घोषणा,  विजेता बने योगेश स्माली

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • images
    images
    लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’को विजेता घोषणा,  विजेता बने योगेश स्माली

    काठमाडौँ / लाइफ कम्प्युटरले आयोजना गरेको छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’का विजेताको घोषणा गरिएको छ । आइतवार नाचघर जमलमा आयोजित एक कार्यक्रमका बीच विजेताको घोषणा गरिएको हो ।

    यस वर्षको ‘वेबसाइट कम्पिटिसन’को विजेता हिमालय एकेडेमीका योगेश स्माली बनेका छन् ।

    त्यस्तै, दोस्रो पद्मोदय माध्यमिक विद्यालयका सविना थापा र लिटल एञ्जल स्कुलका सुरेश महर्जन तेस्रो बनेको बताइएको छ ।  लाइफ कम्प्युटरले वि.सं २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गर्दै आएको छ ।

    विजेता घोषणा कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यले आईटी क्षेत्रमा विद्यार्थीको सक्रियताले भविष्य उज्जवल बन्ने देखेको बताए । 

    उनले विद्यार्थीले ‘कम्फर्ट जोन’बाट बाहिर आएर सुख र सुविधाको जिन्दगी त्याग्न सके प्रगति गर्न सकिने बताए । उनले समस्याको समाधानले अवसरको सृजना गर्ने बताए । जसले समस्याको समाधान गर्न उही व्यक्ति महान बन्ने उनको भनाइ थियो ।

    लाइफ कम्प्युटरका अध्यक्ष रमेश पोखरेलले संस्थाले आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको बताए । 

    ‘वेबसाइट कम्पिटिसन’को अवधारणा आफू अवसरबाट वञ्चित हुनुपर्दाको पीडाबाट जन्मिएको उनको भनाइ थियो ।

    स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको र हामीले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यताका आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उनको भनाइ थियो । 

    यसवर्ष देशभरका ११०२ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार