टेलिकमको सेवा प्रयोग गरी कसरी हेर्ने एसईईको नतिजा ?

टेलिकमको सेवा प्रयोग गरी कसरी हेर्ने एसईईको नतिजा ?

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    टेलिकमको सेवा प्रयोग गरी कसरी हेर्ने एसईईको नतिजा ?

    काठमाडौँ / एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । 

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ । 

    नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ । 

    त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE ) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । 

    नेपाल टेलिकमको वेबसाइट  https://see.ntc.net.np/  मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ । 

    नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । यसबाट सम्पूर्ण विद्यार्थी लाभान्वित हुने अपेक्षा रहेको टेलिकमका प्रवक्ता हरि ढकालले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार