देखाउन होइन, कानुनका बारेमा थाहा दिन कार्यक्रम आयोजना गरिएको– वडाध्यक्ष के.सी

देखाउन होइन, कानुनका बारेमा थाहा दिन कार्यक्रम आयोजना गरिएको– वडाध्यक्ष के.सी

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    देखाउन होइन, कानुनका बारेमा थाहा दिन कार्यक्रम आयोजना गरिएको– वडाध्यक्ष के.सी

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले आज न्यायिक संवाद कार्यक्रम सञ्चालन गरेको छ । 

    वडा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा स्थानीय विवादसँग सम्बन्धित कानुनका बारेमा स्थानीय जान्नै पर्ने, नबुझी नहुने विषयमा जानकारी गराइएको थियो । 

    त्यस क्रममा बोल्दै वडाध्यक्ष रामकुमार के.सी. ले, औपचारिकताका लागि कार्यक्रम सञ्चालन गरेको नभइ कानुनका बारेमा जानकारी दिन संवाद कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

    कतिपय कार्यक्रममा सहभागीसँग सम्बन्धित विषय हुँदैनन् । सार्वजनिक चासोका विषय पनि हुँदैनन् । न्यायिक संवाद त्यस्तो प्रकृतिको कार्यक्रम होइन । यो कार्यक्रममा सहभागी हुने हरेक व्यक्तिसँग यसका विषयले सम्बन्ध राख्छन्, के.सी को भनाइ थियो । 

    उनले महिला सञ्जालका सदस्यहरुलाई आफूसँग विवाद आएपछि हेरौँला भनेर मात्र नबस्न, आवश्यकताका आधारमा आफैँ सक्रिय भएर काम गर्न आग्रह गरे । यस्तो अवस्थाले विवादलाई उत्पन्न ठाउँमै समाधान गर्न सकिने उनको भनाइ थियो । 

    त्यस क्रममा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, कानुन नजानेका कारण धेरै व्यक्तिले अनाहकमा दुःख पाएको महसुस भएपछि भएका व्यवस्थाका बारेमा नागरिकलाई थाहा दिने काम संवाद कार्यक्रमबाट भइरहेको बताए । आफूलाई परेपछि थाहा भइहाल्छ नि, भनेर बसिरहनु हुँदैन । परेपछि जान्नु र सम्भावित जोखिमका विषयमा पूर्व अनुमान गर्न सक्नुले विवाद निरुपणको तहलाई धेरै फरक पार्छ, आचार्यको भनाइ थियो । 

    व्यक्तिमा इमान्दारिता कम भयो । स्वतन्त्रतालाई उदार उपयोग गर्न खोज्दा सामान्य विषय पनि ठूला विवादका रुपमा आएका छन् । कार्यक्रममा सञ्जालकी संयोजक रोहिणी श्रेष्ठले, पहिले परिवारका सदस्यका बारेमा घरको मुलीले भनेपछि अरुले मान्ने अवस्थाको रुपान्तरित अवस्थितिमा चर्चा गर्दै भने, ‘अहिले त्यो अवस्था रहेन । यसैको परिणाम, घरकै विवाद ठूला समस्या हुन थालेको छन् । केही प्राप्त नहुने, केवल क्षति मात्र हुने विषयमा पनि आपसी हार र जितको भावनाले मुद्दा मामिला हुने गरेका छन् ।’ 

    सबैभित्रको इमान्दारिता प्रयोग गर्ने हो भने विवादरहित समाज निर्माण गर्न सकिन्छ । कार्यक्रममा महानगरपालिकाका पूर्व उपप्रमुख विदुर मैनालीले भने, खै किन हो, अहिले इमान्दारितामा खडेरी परेको छ । यो खडेरीले कसैको लाभ गर्दैन ।

    वडामा औपचारिकभन्दा अनौपचारिक धेरै विवाद आउने गरेको छन् । कसैलाई नसुनाइदिनु । कार्यालयमा अभिलेख नराखिदिनु । भन्ने सर्तमा समाधान गरिएका विवादको परिमाण धेरै छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार