आगामी तीन दिनको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षा, सतर्क रहन आग्रह

आगामी तीन दिनको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षा, सतर्क रहन आग्रह

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    आगामी तीन दिनको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षा, सतर्क रहन आग्रह

     

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

    कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आइतबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ । 

    आइतबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी  भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको  पनि सम्भावना रहेको छ ।

    कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ । 
    सोमबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । 

    देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  

    कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी  भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।

    मंगलबार दिउँसो देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    साथै कोशी, बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    कोशी,बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।


    मंगलबार राति देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै देशका थोरै स्थानहरुमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।

    देशभर थोरै स्थानहरुमा  भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार