सुनको भाउ सामान्य बढ्यो, चाँदी स्थिर

सुनको भाउ सामान्य बढ्यो, चाँदी स्थिर

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    सुनको भाउ सामान्य बढ्यो, चाँदी स्थिर

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ४२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदी भने शुक्रबारकै मूल्य अनुसार प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार