गाजाका बासीलाई स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

गाजाका बासीलाई स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    गाजाका बासीलाई स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

    गाजा पट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकोले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता  रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ । 

    प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै सङ्ख्यामा युएनआरडब्लुए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ ।

    मध्य गाजाको नुसिरातमा टोलीहरूले स्थानीय परिवारको सेवा गर्न जारी राखेपनि औषधि र इन्धनको गम्भीर अभावले जीवन रक्षाको कार्यमा बाधा पुगेको छ ।

    युएनआरडब्लुएले गाजामा प्यालेस्टिनीलाई फोहोर र ढलले घेरिएको जनाएको छ । “भीडभाड भएको आश्रय, खाना, पानी र इन्धनको अभाव, चिकित्सा आपूर्तिमा न्यूनतम पहुँच र गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,” युएनआरडब्लुएले उल्लेख गरेको छ । 

    क्यान्सर भएका २१ जना प्यालेस्टिनी बालबालिका बिहीबार विदेश उपचारका लागि केरेम सालोम हुँदै गाजाबाट निस्किए । मे महिनाको सुरुमा रफाह सीमाबाट आवतजावत बन्द भएपछि गाजापट्टीमा रहेका बिरामीहरूले पहिलो पटक गाजा छोडेकोस्वास्थ्य अधिकारीहरूले बताए ।

    बिरामीहरू बाहिर निस्कन ‘गाह्रो र जटिल भएकाले रफाह सीमा पारको विकल्प नभएको गाजा क्षेत्रका अस्पतालहरूका महानिर्देशक मोहम्मद जकाउटले पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।  

    इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।  

    आक्रमणका कारण करिब एक हजार दुई सय  मानिस मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । द्वन्द्वबाट प्यालेस्टिनी भूमिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या ३७ हजार ७८१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार