सबैको र साधना लघुवित्त मर्ज, सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु

सबैको र साधना लघुवित्त मर्ज, सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    सबैको र साधना लघुवित्त मर्ज, सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु

    काठमाडौँ / सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने भएको छ । 

    नेपाल राष्ट्र बैंकले दुई लघुवित्तबीचको मर्जर तथा प्राप्ति प्रक्रियालाई असार १३ गते अन्तिम स्वीकृति प्रदान गरेको पत्राचार गरेपछि ‘सम्पदा लघुवित्त’को नामबाट एकीकृत कारोबार हुने निश्चित भएको हो ।

    नेपाल राष्ट्र बैंकले असार १३ गतेको पत्र पठाउँदै दुवै लघुवित्तहरूलाई उक्त नामबाट एकीकृत कारोबारको अनुमति दिएको हो । 

    सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँमा र साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखामा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार