टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति

टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति

    काठमाडौँ / नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टू द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । 

    यससँगै काठमाडौँ उपत्यकाका अधिकांश स्थानको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति भएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।
     
    दूरसञ्चार कार्यालय नक्सालमा आज आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक सङ्गीता पहाडी ९अर्याल० ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गर्दै टेलिकमले समयअनुसार नयाँ प्रविधि अवलम्बनलाई निरन्तरता दिएको बताए । 

    उनले नेपाल टेलिकमप्रति सेवाग्राहीमा भएको सकारात्मक धारणालाई चिरस्थायी बनाउन कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । 
     
    कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रीना डङ्गोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुलीलगायतका वक्ताले हाल टेलिकमले विभिन्न स्थानमा स्तरोन्नति जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे । 

    दूरसञ्चार कार्यालय नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा पाँच हजार क्षमताको एक्सचेन्ज निर्माण भई हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको जानकारी दिए । 
     
    ‘एफटिटिएच’ प्रविधिअन्तर्गत एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सक्नेछन् ।

    नेपाल टेलिकमले देशभरका पुरानो कपर प्रविधिलाई विस्थापन जारी राखेको छ । यसबाट छिट्टै देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने नेपाल टेलिकमले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार