दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित,  सरकारले १० वर्षदेखि उद्योग नविकरण किन गरेन ?

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित,  सरकारले १० वर्षदेखि उद्योग नविकरण किन गरेन ?

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित,  सरकारले १० वर्षदेखि उद्योग नविकरण किन गरेन ?

    काठमाडौं/  करिब १५ दिनदेखि क्रसर व्यवसायीहरु आन्दोलित छन् । व्यवसायीहरुले चरणबद्ध आन्दोलन गर्दै अहिले माइतीघर मण्डलामा आफ्नो माग राखेर बसेका छन् । 


    माग पुरा नभए व्यवसायीहरुले सरकारलाई तालाचबी बुझाउने चेतावनी समेत दिएका छन् । 
    उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनप्रति सरकार गम्भिर नभएको आरोप लगाएका छन् । 

    व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा उतार्ने बताएका छन् । 

    राजमार्ग नै ठप्प पार्ने चेतावनी समेत दिएका छन् । 

    karasar nepal.JPG

    अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्त दर्ता भएका उद्योगहरुको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । 

    क्रसर उद्योगीहरुले विगत १० वर्षदेखि उद्योगहरुको नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको समेत बताए।

    krasar bebasayi.JPG

    आफुहरुको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार