नयाँ सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति, पहिलो चरणमा ओली प्रधानमन्त्री बन्ने

नयाँ सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति, पहिलो चरणमा ओली प्रधानमन्त्री बन्ने

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    नयाँ सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति, पहिलो चरणमा ओली प्रधानमन्त्री बन्ने

    काठमाडौँ / नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदामा हस्ताक्षर भएको एक नेताले जानकारी दिए ।

    दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जनाएको छ । 

    सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमति अनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

    सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । 

    एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार