नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने, अनुमति माग गर्दै बोर्डमा दियो आवेदन

नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने, अनुमति माग गर्दै बोर्डमा दियो आवेदन

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने, अनुमति माग गर्दै बोर्डमा दियो आवेदन

    काठमाडौँ / नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागी अनुमति माग गरेको छ । 

    बैंकले ३ अर्ब रुपैयाँबराबरको नबिल डिबेञ्चर,२०८९’ नामक ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।  

    बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असार १४ गते आवेदन दिएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । 

    कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत र बाँकी रहेको १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।  

    ८ वर्षे अवधिको यो ऋणपत्रमा ८ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार