भ्रष्टचारको ठूला फाइल खोल्दा ओली र देउवा ‘फायर’ ! सरकार ढाल्ने तानाबाना व्यापारीको घरमा

भ्रष्टचारको ठूला फाइल खोल्दा ओली र देउवा ‘फायर’ ! सरकार ढाल्ने तानाबाना व्यापारीको घरमा

नक्कली शरणार्थी प्रकरणमा मुख्य बिचौलियाका रुपमा काम गरेका झाले कांग्रेस नेतृ आरजु राणासहितको नाम उसबेलै लिएका थिए । सत्ता समिकरणको मूख्य गाँठो यहि रहेको  पुष्टि गृहमन्त्री रवि लामिछानेले बताइसकेका छन् ।

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    भ्रष्टचारको ठूला फाइल खोल्दा ओली र देउवा  ‘फायर’ ! सरकार ढाल्ने तानाबाना व्यापारीको घरमा

    बाहिर सबै ठीकठाकै थियो ।

    १५ असारको दहि चिउरा खाँदै गर्दा राजनीतिक कडाइमा केही पाक्दै थियो ।

    नेकपा अध्यक्ष ओली हिजो विहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटघाटसम्म सरकार ढल्ने कुनै पत्तो थिएन । तर, केपी ओलीले केही समय अघि देखि नै राजनीतिक खिचडी पकाइरहेका थिए ।

    आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट विनियोजनप्रति उनले असन्तुष्टि जनाउँदै विभिन्न कार्यक्रमहरुमा असन्तुष्टि ओकल्दै आएका थिए । त्यो एउटा प्रारम्भिक बिन्दु थियो । छटपटि थियो सत्ता स्वादको । यता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रचण्डसँग बदला लिनु थियो ।

    समिकरणको चोचोमोचो मिल्यो नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको प्रकरणमा बेचन झा पक्राउ काण्ड । उनलाई गत शुक्रबार कञ्चनपुरबाट पक्राउ परेका थिए । त्यस्तै त्यही दिन नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीक पनि समातिएका थिए । यो समाचार तयार पार्दासम्म बादल पुत्र प्रतिक  पूर्पक्षका लागि जेल चलान भइसकेका छन् । 

    नक्कली शरणार्थी प्रकरणमा मुख्य बिचौलियाका रुपमा काम गरेका झाले कांग्रेस नेतृ आरजु राणासहितको नाम उसबेलै लिएका थिए । सत्ता समिकरणको मूख्य गाँठो यहि रहेको  पुष्टि गृहमन्त्री रवि लामिछानेले बताइसकेका छन् । 

    यसलाई पुष्टि गर्दै आज मंगलबार सिंहदरबारमा गृहमन्त्री लामिछानेले ठूलो फाइल खोल्न लागेपछि सरकारमा गडबड गरिएको बताए  ।

    पत्रकार सम्मेलनमा लामिछानेले केही मानिस पक्रिने बित्तिकै ठूलाबडा कहाँ भुइँचालो गएको बताए, ‘यो समीकरण परिवर्तनको के अर्थ होला त ? यो संविधान जोगाउने होइन, कसैलाई जोगाउने खेल हो।’ लहरो तान्दा पहरो थर्किदै जाने डरले सत्ताकै उलटपलट हुन पुगेको छ ।

    यस्तै,नेपाली कांग्रेसका दुई सांसद ज्ञानेन्द्र कार्की र मोहन बस्नेताहित जोडिएको टेरामक्स घोटाला सम्बन्धी अनुसन्धान सकाएर बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गर्न सकेको थिएन ।

    टिकापुर जग्गा घोटालाको अनुसन्धान जारी छ। जहाँ कांग्रेस नेतृ आरजु देउवा जोडिएको छ । 

    यस्तैगरी कांग्रेस सांसद जोडिएको स्काउट जग्गा घोटालासँगै एमाले अध्यक्षसहितै गिरिबन्धु टि स्टेट प्रकरणले अब कस्तो मोड लिन्छ भन्न सकिँदैन । 

    झापास्थित गिरीबन्धु टी–स्टेट प्रकरण अहिले चर्चाको विषय बनिरहेको थियो । 

    केही हप्ताअघि पत्रकारहरुसँग  प्रधानमन्त्री दाहालले  उक्त प्रकरणको पनि छानबिन गर्ने पक्षमा आफू रहेको बताएका थिए। 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलगत्तै र पटक–पटक गिरीबन्धु टी–स्टेटबारे प्रतिक्रिया दिएका थिए । आक्रोपूर्ण भावमा ओलीले ‘किन कराइरहेको ?, गर न त छानबिन, वाइडबडीमा गर जाऊ जेलमा आफैं, अस्तिसम्म ललिता निवास भन्दै थिए, अहिले भागाभाग छ, गर न छानबिन ! अहिले चिया बगान निस्क्या छ, गर छानबिन ...,’ उनले भनेका  थिए ।

    माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री प्रचण्ड प्रचण्डले ‘तत्कालै राजीनामा नदिँदा ओली प्रधानमन्त्री बन्ने बाटो लगभग बन्द’ हुने निष्कर्ष निकालेका छन् ।

    माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल आज बसेको पार्टी बैंठकमा आफूहरूले राजनीतिक स्थायित्व खोजेको तर, पश्चगामी अभ्यास हेरेर बसिरहन नसक्ने प्रतिक्रिया दिएका छन् । उनले पनि ठूला भ्रष्टारका फाइल खोलिने डरले सत्ता समिकरण नै परिवर्तन गर्न लागिपरेको दावी गरेका छन् । 

    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडान लिइसकेका छन् । बरु विस्वासको मत लिनेतिर उनको मुड देखिन्छ । त्यसो त प्रधानमन्त्री प्रचण्डसँग संवैधानिक प्रावधान अनुरूप अब एक महिनाको समयावधि बाँकी छ । यस अवधिमा उनले पुरानै समीकरण (कांग्रेससहितको) मा फर्केर कांग्रेसको नेतृत्वमा सरकार बनाउन कोसिस नगर्लान भन्न सकिन्न । 

    गठबन्धन र सरकार ठीकठाक हुँदाहुँदै प्रमुख प्रतिपक्षीसँग मिल्न गएका ओलीलाई जिल्याउन प्रचण्डसँगको जादु नम्बरले अब कति काम गर्छ त्यो हेर्न भने करिब एक महिना लाग्न सक्छ ।

    छापामार शैलीमा उत्रेका एमाले अध्यक्ष ओली गोला बारुद नै गुमाएर बालकोट फर्कन्छन् वा प्रचण्डको ‘जादु’ नम्बर डिस्पोज गर्छन् ?

    सत्ता समिकरण बदल्न व्यापारीको घर नेताहरुले किन रोजे ? रहस्यहरु खुल्दै जालान् ।  काठमाडौँमा सभापति देउवा लगायत कांग्रेस नेताहरुका कयौं घर छन् । जबकि कांग्रेस र नेकपा एमालेले व्यापारी रामेश्वर थापाको चपली हाइटस्थित घरमै यो सत्ता समिकरणको तानाबाना बुनेका थिए । 

    नेपाली राजनीतिमा विरलै हुने कांग्रेस–एमाले गठबन्धन, सत्ता निर्माणदेखि एजेन्डासम्मको छलफल उनै थापाको घरमा भएको थियो । साक्षी नै बसेका क्याप्टेन थापाले अवश्य उदारोमा सहयोग गरेका छैनन् ।

    अझै त्यसको पहिलो मस्यौदा अर्का व्यापारी विनोद चौधरीको होटलमा बनेको थियो । चौधरी कांग्रेसका प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार