लागुपदार्थ विरुद्ध जागरणको लागि ५ किलोमिटर यात्रा आयोजना हुँदै

लागुपदार्थ विरुद्ध जागरणको लागि ५ किलोमिटर यात्रा आयोजना हुँदै

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    लागुपदार्थ विरुद्ध जागरणको लागि ५ किलोमिटर यात्रा आयोजना हुँदै

    काठमाडौँ / मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले असार २२ गते शनिबार ५ किलोमिटर यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुने भएको हो । 

    होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने बताए । सो प्रतियोगितामा विजेताहरुले ५० हजार बराबरको नगद पुरस्कार पनि प्राप्त गर्ने उनले जानकारी दिए । 

    बुधबार काठमाडौँमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उद्देश्यले गरिने यस्ता महत्त्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्ने पर्नेमा जोड दिइन् । 

    समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्त्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मूल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतनामूलक कार्यक्रमहरुको आवश्यकता रहेको बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार