चर्चित समाचार
  • भारतीयले भाडामा लिएको घरमा प्रहरीको छापा, नगद, सुन र सुन पगाल्ने मेसिनसहित ५ जना पक्राउ

    भारतीयले भाडामा लिएको घरमा प्रहरीको छापा, नगद, सुन र सुन पगाल्ने मेसिनसहित ५ जना पक्राउ

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    भारतीयले भाडामा लिएको घरमा प्रहरीको छापा, नगद, सुन र सुन पगाल्ने मेसिनसहित ५ जना पक्राउ

    काठमाडौँ / प्रहरीले ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

    ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घरमा छापा मार्दा प्रहरीले नगद र सुनसहित ५ जनालाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् ।

    उनीहरूलाई ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको निर्माणाधीन घरमा अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनापछि प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको हो। 

    प्रहरी वृत्त सातदोबाटोको टोलीले भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने २८ बर्षका युवराज विभुते, सोही स्थानका विक्रम यलवर, अभिषेख विभुते तथा भक्तपुर सूर्यविनायक बिरुवा बस्ने सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी ८ बस्ने यसवन्त सुनारलाई पक्राउ गरेको हो । 


    उनीहरूसँगै सुनजस्तो देखिने पहेँलो धातु १६९।९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७।२५० ग्राम, डिजिटल तराजु एक थान तथा विभिन्न कम्पनीका मोबाइल ७ थान पनि प्रहरीले बरामद गरेको छ । 

    साथै हार्डडिक्स, मिककार्ड तथा बैंक भौचरसहित ५० लाख चार हजार नगद र सुन पगाल्ने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।

    उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार