सिटिजन्स बैङ्क र भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबिच छुटसम्बन्धी समझदारी

सिटिजन्स बैङ्क र भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबिच छुटसम्बन्धी समझदारी

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    सिटिजन्स बैङ्क र भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबिच छुटसम्बन्धी समझदारी

    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सास्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबिच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

    यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ । 

    बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 

    हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ४ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार