सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैन : डा. कोइराला

सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैन : डा. कोइराला

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैन : डा. कोइराला

    इनरुवा / नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन् । 

    नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका बताए ।

    प्रतिनिधिसभा सांसद डा कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गरे। 

    कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा. कोइरालाको भनाइ छ । 

    दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको बताउँदै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार