images
images

बाढीको वितण्डा : बाढी पहिरोका ५ जनाको मृत्यु हुँदा ७ जना वेपत्ता, महत्त्वपूर्ण सडकहरू अवरुद्ध (तस्बीरसहित)

बाढीको वितण्डा : बाढी पहिरोका ५ जनाको मृत्यु हुँदा ७ जना वेपत्ता, महत्त्वपूर्ण सडकहरू अवरुद्ध (तस्बीरसहित)

शनिवार, असार २२ २०८१
शनिवार, असार २२ २०८१
  • बाढीको वितण्डा : बाढी पहिरोका ५ जनाको मृत्यु हुँदा ७ जना वेपत्ता, महत्त्वपूर्ण सडकहरू अवरुद्ध (तस्बीरसहित)

    काठमाडौँ / शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा ३६ महत्त्वपूर्ण सडक रूपमा अवरुद्ध भएका छन् । केही सडकहरू एकतर्फी रूपमा सञ्चालन भए पनि केही सडकहरू अझै सञ्चालन हुन सकेका छैनन् । 

    images
    images
    images
    images

    Rapti nadi.JPG

    यसैगरी, वर्षाका कारण देशभर आएको बाढी पहिरामा परी हालसम्म पाँचजनाको मृत्यु भएको छ । 

    Narayani nadi.JPG

    अहिलेसम्म सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए । 

    “पहिरामा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता र १४ घाइते भएका छन् ”, उले भने । 

    Kathmandu duban.JPG

    यसैगरी, बाढीपहिराका कारण बेपत्ता हुनेहरुमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एकजना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुङ्गा दुईजना रहेका सहसचिव भुसालले बताए । 

    8.JPG

    यसैगरी काठमाडौँको विभिन्न स्थानमा सडकमा वर्षाका कारण पानी जमेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सप्तकोशी, राप्ती, नारायणीलगायतका नदीले सतर्कताको तह पार गरेको छ । 

    Nawalparasi duban0.JPG

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् ।

    Nawalparasi duban.JPG

    अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले शनिबार  घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानतर्फ  जाँदै । 

    Nawalpaeasi duban2.JPG

    अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै । 

    Manhari duban.JPG

    ड्रोनबाट खिचिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित शान्तिनगर भएको डुबान । अविरल वर्षाले सिँचाइटोल, शान्तिनगर, पिप्ले, कर्रा क्षेत्र डुबानमा परेको छ । 

    Manahari duban.JPG

    हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित कर्रा खोलामा आएको बाढीले डुबानमा परेका स्थानीयवासीलाई नगर प्रहरी र स्थानीयद्धारा उद्दार गरिँदै । शनिबार परेको पानीले कर्रा खोलामा पानीको सतह बढेपछि, पिप्ले, शान्तिनगर, कर्राक्षेत्रका करिब २५ घरपरिवार डुबानमा परेका छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार