images
images

सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट, शौक्षिक योग्यता कति ?

सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट, शौक्षिक योग्यता कति ?

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • सूर्यज्योति लाइफले माग्यो विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट, शौक्षिक योग्यता कति ?

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । 

    images
    images
    images
    images

    कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो ।  

    कम्पनीले डुम्रे,हटिया,इलाम,नारायणगढ र रसुवा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । 

    यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको हुनुपर्ने र बीमा, बैंक तथा वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको उमेर २१ देखि ४० वर्षको हुनुपर्नेछ । 

    यो पदका लागि बिक्री तथा बजारीकरण क्षमता,नेतृत्व क्षमता र जीवन बीमा सम्बन्धी प्रडक्टहरुका बारेमा ज्ञान हुनुपर्नेछ ।  

    यस्तै,कम्पनीले बराहथवा, भोटेचौर, बुर्तिवाङ, दिक्तेल, डुम्रे, जोमसोम र रसुवा शाखा कार्यालयका लागि टे«नी असिस्टेन्ट माग गरेको छ । 

    यो पदका लागि कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने तर स्नातम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

    आवेदकको उमेर १८ देखि ३५ वर्षको हुनुपर्नेछ । दुवै पदका लागि आवेदन दिने अन्तिम मिति असार ३१ गते रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार