images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

    काठमाडौँ / बुधबार विदेशी मुद्राको भाउ सामान्य घटेको छ । आज एक अमेरिकी डलरका लागि नेपाली मुद्रा १३३ रुपैयाँ ८८ पैसा खर्च गर्नुपर्नेछ । मंगलबार भने यो रकम १३३ रुपैयाँ ९० पैसा रहेको थियो । त्यस्तै, अमेरिकी डलरको खरिद दर भने आजका लागि १३३ रुपैयाँ २८ पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ १७ पैसा र बिक्रीम १४४ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७१ पैसा र बिक्री दर ९८ रुपैयाँ १५ पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ २७ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३३ पैसा र बिक्रीमा १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । 

    यसैगरी, नेपाल राष्ट्र बैंकले आजका लागि कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा, मलेसियन रिंग्गिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा र बिक्री दर २८ रुपैयाँ ४४ पैसा र कुवेती दिनार एकको खरिद मूल्य ४३५ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ४३७ रुपौँ ५२ पैसा तोकेको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार