images
images

तीन जना सञ्चालक चयन गर्दै सकियो अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा

तीन जना सञ्चालक चयन गर्दै सकियो अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • तीन जना सञ्चालक चयन गर्दै सकियो अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा

    काठमाडौँ / अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गर्दै कम्पनीको सभा साधरण सभा सम्पन्न भएको हो । 

    सभाले कम्पनीको संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ । सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्र प्रसाद लामिछानेलाई चयन गरेको छ ।

    त्यस्तै, समीक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

    अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश वितरण गरेन ।
    कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८, चैत महिनादेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार