images
images

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने, सानिमा क्यापिटल प्रबन्धक र डिबेञ्चर ट्रष्टी नियुक्त

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने, सानिमा क्यापिटल प्रबन्धक र डिबेञ्चर ट्रष्टी नियुक्त

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने, सानिमा क्यापिटल प्रबन्धक र डिबेञ्चर ट्रष्टी नियुक्त

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्काशन गर्ने भएका छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँ दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । 

    बैंकले ३ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत गरी ४० प्रतिशत अर्थात १२ लाख  कित्ताले हुन आउने रकम १ अर्ब २० करोड ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने भएको छ । 

    ऋणपत्र निष्काशन गर्नका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ । 

    उक्त क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार