images
images

आज पनि यी प्रदेशहरुमा भारी वर्षा हुने, कोशी, बागमती, गण्डकी क्षेत्रमा सर्तकता अपनाउन चेतावनी

आज पनि यी प्रदेशहरुमा भारी वर्षा हुने, कोशी, बागमती, गण्डकी क्षेत्रमा सर्तकता अपनाउन चेतावनी

शनिवार, असार २९ २०८१
शनिवार, असार २९ २०८१
  • आज पनि यी प्रदेशहरुमा भारी वर्षा हुने, कोशी, बागमती, गण्डकी क्षेत्रमा सर्तकता अपनाउन चेतावनी

    काठमाडौं/  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  

    मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको पनि छ।

    गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली  रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम  वर्षा भइरहेको छ। 

    आज शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । 

    कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     कोशी, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    त्यस्तैगरी राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । 

    कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी, बागमती र  गण्डकी  प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै विभागले कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।  

    कोशी, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार