images
images

टेलिकमको मनसुन अफर : २९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्मका प्याकेज उपलब्ध, कुन सेवा कसरी लिने ?

टेलिकमको मनसुन अफर : २९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्मका प्याकेज उपलब्ध, कुन सेवा कसरी लिने ?

सोमवार, असार ३१ २०८१
सोमवार, असार ३१ २०८१
  • टेलिकमको मनसुन अफर : २९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्मका प्याकेज उपलब्ध, कुन सेवा कसरी लिने ?

    काठमाडौँ / नेपाल टेलिकमले भोलि साउन १ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू सञ्चालनमा ल्याउन लागेको हो । 

    प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रू. १९९ देखिका कम्बो प्याकेजहरू उपलब्ध हुनेछन् । यस अन्तर्गत रू. १९९ मा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । 

    सोही अन्तर्गत कम्पनीले रू. २९९ मा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र रू. ४९९ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ ।

    प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत रू. ६९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरूलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ ।

    डाटा प्याक अन्तर्गत १ दिनदेखि २८ दिनसम्म समयावधि रहेका रू. २९ देखि रू. ९९९ सम्मका १ जीबी देखि १०० जीबीसम्म रिसोर्ससहितका बिभिन्न आकर्षक डाटा प्याकहरू उपलब्ध हुनेछन् । पोस्टपेडमा भने रू. ३७३ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रूपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ । 

    कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरू, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरूका साथै रू. ४९ मा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र रू. ५९ मा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा रू. १९९ मा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ । 

    यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरू समेत सञ्चालन गरिनेछ । 

    ग्राहकले आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ३ डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार