काठमाडौँ / आज शेयर बजार नेप्से परिसूचक भारी अङ्कले बढेको छ । सरकार परिवर्तन भई अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनलाई शेयर बजारले भव्य रुपमा स्वाग गरेको छ ।
आज शेयर बजार नेप्से परिसूचक ७० दशलमव १८ अंकले बढेर २ हजार ३१० को विन्दुमा कायम भएको छ । आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ ।
यी हुन् शेयर मूल्य घटेको ८ कम्पनी